Wednesday, December 12, 2018
Home > breaking > आगलागीमा एकको मृत्यु, रु चालिस लाखको क्षति

आगलागीमा एकको मृत्यु, रु चालिस लाखको क्षति

काठमाडौँ, फागुन ६ ।
काठमाडौँ महानगरपालिका–१२ लगनचोकस्थित एक घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६५ वर्षीय जीवनकाजी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ ।

अमृतलाल रञ्जितकार र अष्टनारायण महर्जनको संयुक्त घरमा शनिबार हिटरबाट आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

आगोले जलेर घाइते भएका उनकै छोरा ४८ वर्षीय प्रवीणलाल श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आगलागीबाट अष्टनारायणको करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ भने अमृतलालको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको थियो । रासस

%d bloggers like this: