Sunday, August 19, 2018
Home > breaking > सूचनाको हक सम्बन्धमा जिज्ञासा लिनेको ओइरो

सूचनाको हक सम्बन्धमा जिज्ञासा लिनेको ओइरो

डोटी, फागुन ६।
सूचनाको हक एवं परामर्श सहायता केन्द्र (आरटिआई) क्लिनिकमा जिज्ञासा लिनेको ओइरो लागेको छ ।

विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडिसी)ले शनिबार डोटीमा जारी प्रादेशिक महोत्सवमा राखेको क्लिनिकमा ओइरो लागेको हो ।

क्लिनिकमा एफएमडिसीले सूचनाको हकसम्बन्धी जानकारी दिनाका साथै अध्ययन सामग्री उपलब्ध गराएको थियो । “सार्वजनिक निकायबाट सूचना माग्दा अपनाउनु पर्ने प्रकृति, त्यससँग सम्बन्धित ऐन नियमबारे जानकारी लिन पाइयो”, मुडेगाउँ स्वास्थ्य चौकीका प्रमुख प्रेम कठायतले भन्नुभयो, “यो त अत्यन्तै राम्रो विषय हो, म यसबारे सामग्री खोजिरहेको थिएँ, यहाँ फेला पारेँ ।”

महोत्सवमा आएका ४०० भन्दा बढीले सूचनाको हकसम्बन्धी जानकारी दिएका थिए । क्लिनिकको उद्घाटन गर्दै दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले सर्वसाधारणको पहूँच सार्वजनिक निकायका सूचनामा नरहेको अवस्थामा क्लिनिकबाट उपलब्ध गराइने परामर्शले सहज बनाएको बताउनुभयो । उहाँले आफू नगरपालिकालाई सुशासन र जवाफदेही बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि मीन बमले सूचनाको हक पत्रकारलाई मात्र नभएर सर्वसाधारणका लागिसमेत मौलिक हकका रुपमा भए पनि त्यसको प्रत्याभूति सबैमा नभएको जिकिर गर्नुभयो । उहाँले क्लिनिकबाट सर्वसाधारणले सूचनाको हकसम्बन्धी यथेष्ट जानकारी दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

उद्घाटन सत्रमा पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर, गैरसरकारी महासंघका जिल्ला अध्यक्ष रघु कठायत, वडा नं ३ का अध्यक्ष चक्र माझी, वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिष विष्टलगायतले मन्तव्य राख्नुभएको थियो ।

उद्घाटनसत्रमा जनप्रतिनिधि, जिल्ला स्वास्थ्य प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
एफएमडिसीले डोटीमा पारस्परिक जवाफदेहिता परियोजना सञ्चालन गर्दै आएको छ । केआइसिंह गाउँपालिकाको वडा नं ५ रानागाउँ र दिपायल सिलगढी नगरपालिकाको वडा नं ४ मा परियोजना लागू छ ।

सार्वजनिक निकायलाई जवाफदेही बनाउन तथा नागरिक समाज, संघसंस्थाको भूमिका प्रभावकारी पार्न विभिन्न गतिविधि परियोजनाले गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: