Sunday, October 21, 2018
Home > breaking > प्रदेश ६ का उपसभामुखमा घर्ती निर्विरोध

प्रदेश ६ का उपसभामुखमा घर्ती निर्विरोध

सुर्खेत, फागुन ५ ।
प्रदेश नं ६ का उपसभामुखमा पुष्पा घर्ती (सुर्खेत) को एकल उम्मेदवारी परेको छ ।

सांसद घर्तीको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । घर्तीको उम्मेदवारीका लागि नेकपा (माओवादी केन्द्र) दैलेखका धर्मराज रेग्मी प्रस्तावक र नेकपा (एमाले) दैलेखका मीना रखाइल समर्थक रहनुभएको थियो । सांसद घर्तीबाहेक अरु कसैको उम्मेदवारी नपरेको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेश सांसदको शनिबार बस्ने बैठकमा घर्ती निर्विरोध निर्वाचित भएको निर्णायार्थ पेश गरिने संसद सचिवालयले जनाएको छ । वाम गठबन्धनको सहमतिअनुसार प्रदेश नं ६ मा सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले पाउने सहमति थियो ।

सभामुखमा एमाले दैलेखका सांसद राजबहादुर शाही यसअघि नै निर्वाचित भइसक्नुभएको छ । माओवादी केन्द्रका तर्फबाट सांसद घर्ती एमालेको समर्थनमा उपसभामुखमा निर्विरोध हुनुभएको हो । नेपाली काँग्रेसले भने उपसभामुखमा आफ्नो उम्मेदवारी नै दिएन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: