Friday, April 20, 2018
Home > breaking > ‘ग्याल्बो ल्होसार’ सम्पन्न

‘ग्याल्बो ल्होसार’ सम्पन्न

काठमाडौँ, फागुन ५ ।

हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले ‘ग्याल्बो ल्होसार’ शुक्रबार मनाएका छन् ।

विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा ल्होसार पर्व मनाए । बाह्र जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चार वर्षदेखि कुकुर वर्षमा प्रवेश गरेको छ । । शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्मसंस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सहयोग पुग्ने बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो ।
केही तामाङ समुदायले आजकै दिन सोनाम ल्होसार पर्व मनाएका छन् । केहीले भने पञ्चाङ्ग निर्णयक समितिले कायम गरेको तिथिमा गत माघ ४ गते सो पर्व मनाएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: