Saturday, April 21, 2018
Home > breaking > वृद्धाको हत्या

वृद्धाको हत्या

पाल्पा, फागुन ४ ।
बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।

छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा प्रहरीेले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: