Saturday, April 21, 2018
Home > breaking > अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण


इलाम, फागुन ४ ।
अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने उद्देश्यले इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनाले परिचयपत्र पाएका छन् ।

करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित उक्त शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबोटे, चिसापानीलगायत विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाएका हुन् ।

शिविरमा ३८ जनालाई रातो, १०० जनालाई निलो, १४९ जनालाई पहेँलो र ६७ जनालाई सेतो परिचयपत्र वितरण गरिएको करूणा फाउण्डेशनका सन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

रातो र निलो परिचयपत्र पाउनेले राज्यबाट क्रमशः मासिक रु दुई हजार र रु ६०० सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

शिविरमा उनीहरुलाई स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

अपाङ्गता भएका कारण परिचयपत्र बनाउन नसकेका लागि करूणा फाउण्डेशनले उनीहरुको घरदैलोमै पुगेर परिचयपत्र उपलब्ध गराउने कार्यमा सहयोग गरेको फाउण्डेशनका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: