Sunday, October 21, 2018
Home > breaking > सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

सञ्चारक
काठमाडौं, फागुन ४ ।
शुक्रबार सुनको भाउ तोलाको ५८ हजार रुपैयाँ पुगेको छ । बिहीबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँ बढेको हो ।

यसअघि २०७३ साल असार १६ गते तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ घट्दै गएको थियो । सुनको भाउ गतमहिनादेखि बढ्न थालेको थियो । शुक्रबार सुनको भाउ डेढ वर्ष अघि कै भाउमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा डलर कमजोर हुनु तथा तेलको भाउ बढेकाले सुनको भाउ बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: