Saturday, April 21, 2018
Home > breaking > हनुमाननगरमा निःशुल्क पशु स्वास्थ्य शिविर

हनुमाननगरमा निःशुल्क पशु स्वास्थ्य शिविर

सप्तरी, फागुन ४ ।
बाढी प्रभावित क्षेत्र सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको हनुमाननगरमा बिहीबार निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

अक्स्फाम नेपाल र कोशी पीडित समाजको साझेदारीमा सञ्चालित अर्ली फ्लड रिकोभरी प्रोजेक्टअन्तर्गत बाढीबाट प्रभावित पशुको स्वास्थ्य उपचार र सरसल्लाह दिने उद्दश्यले निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको कोशी पीडित समाजका सुरेन्द्र यादवले बताउनुभयो ।

जिल्ला पशु स्वास्थ्य कार्यालय र पशु सेवा केन्द्र हनुमाननगरको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा हनुमाननगरका ६५ घरधुरीका चौपायामा नाम्ले, छरौटी, छालासम्बन्धी रोग, घाउ, कफ र ज्वरो रोग लागेका चौपाया (बाख्रा, गाई, गोरु), हाँस र कुखुरालाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

शिविरमा जिल्ला पशु विकास कार्यालयका प्रमेश्वर यादव र पशु सेवा केन्द्र हनुमाननगरका प्र।स। रामकुमार यादवसहित दुईजना नायब प्राविधिक सहायकले १४९ बाख्रा, गाई, गोरु, बाख्रा ४९, भैँसी–पाडो ३४ समेत गरी २१२ पशु चौपायाको स्वास्थ्य परीक्षण तथा उपचारसमेत गरेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: