Sunday, September 23, 2018
Home > breaking > प्रधानमन्त्रीद्वारा राजीनामा

प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौँ, फागुन ३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिनुभएको र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिनुभएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: