Thursday, January 17, 2019
Home > breaking > केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त,४ बजे सपथ लिने

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त,४ बजे सपथ लिने

सञ्चारक

काठमाडौं, फागुन ३ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो । ओली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनको पत्र लिएर राष्ट्रपति कार्यालय सहितको पत्र लिएर राष्ट्रपति कार्यालय पुगेका थिए।

निर्वाचन आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिनिधिसभा चुनावको अन्तिम नामावली बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्री ओलीले दिउसो ४ बजे सपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ । शितल निवासमा प्रधानमन्त्री ओलीले सपथ लिने कार्यक्रम रहेको छ ।

%d bloggers like this: