Sunday, February 18, 2018
Home > breaking > ट्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

ट्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

गौशाला, फागुन २ ।
महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गएराति करिब ७ः०० बजे लोहारपट्टी नगरपालिका–१ बगरा बस्ने उर्मिला यादव र उनका छोरा दुई वर्षीय आयुष यादव आफ्नै घर अगाडि बाटो काट्दै गरेका बेला लोहारपट्टी बजारबाट जनकपुर जाँदै गरेको ज १ त ९१७३ नंको ट्याक्टरले ठक्कर दिँदा छोरा आयुषको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै, सोही दुर्घटनामा परी आमा उर्मिला यादव गम्भीर घाइते भएकी छन् भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

दुर्घटनापश्चात् प्रहरीले आमाछोरालाई ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: