Tuesday, July 17, 2018
Home > breaking > माओवादी पीडितको धर्ना

माओवादी पीडितको धर्ना

काठमाडौँ, फागुन २ ।
नेपाल माओवादी पीडित संघले तत्कालीन नेकपा (माओवादी) ले पटकपटक सत्तामा पुगे पनि पीडितप्रति उत्तरदायी नभएको आरोप लगाएको छ ।

माओवादीले सशस्त्र युद्ध शुरु गरेको दिनलाई शोक दिवसका रुपमा मनाउँदै संघले आन्दोलनको नाममा जस्तोसुकै अपराधको छुट पाएर निर्दोष व्यक्तिलाई तत्कालीन राज्यपक्षको निशाना पर्न बाध्य पारिनु निन्दनीय भएको जनाएको छ ।

संघका अध्यक्ष कल्याण बुढाथोकीले कानुनलाई हातमा लिई पीडक पुरस्कृत र पीडित दण्डित हुने अवस्था आउनु आश्चर्यजनक भएको बताउनुभयो ।

संघले द्वन्द्वकालीन समयमा भएका घटना दुःखदायी भएको स्मरण गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: