Wednesday, October 24, 2018
Home > breaking > कटुवा पेस्तोलसहित एक युवक पक्राउ

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

लहान, माघ २९ ।
कटुवा पेस्तोलसहित प्रहरीले आज साँझ सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी काशीन्द्र यादवलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट खटिएको गस्ती टोलीले एक थान कटुवा पेस्तोलसहित २७ वर्षीय यादवलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीलाई देखेर जंगलतिर भागेकाले शंका लागेर तलासी गर्दा यादव भन्दा केहीपर एक थान कटुवा पेस्तोल फेला परेकाले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस

%d bloggers like this: