Tuesday, July 16, 2019
Home > breaking > थापाको निधन

थापाको निधन

काठमाडौँ, माघ २३ ।
जनकविकेशरी धर्मराज थापाकी धर्मपत्नी एवं जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानकी संरक्षिका सावित्री थापाको सोमबार बिहान ९१ वर्षका उमेरमा ग्राण्डी अस्पताल टोखामा निधन भएको छ ।

केही समयदेखि शारीरिक अस्वस्थताका कारण उपचार गराइरहेकी थापाको हृदयाघातबाट निधन भएको हो । विसं १९८३ मा कपिलवस्तुमा जन्मनुभएका उहाँले जनकविकेशरीसँँग वैवाहिक सम्बन्धमा आबद्ध भएपछि बाटुलेचौर पोखरामा जीवनको लामो कालखण्ड बिताउनुभएको थियो । पछि उहाँ ज्येष्ठ पुत्र मदनराजको सेवासुश्रूषामा स्वयम्भू काठमाडौंँमा बस्दै आउनुभएको थियो । उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ । रासस

%d bloggers like this: