Tuesday, July 16, 2019
Home > breaking > दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

झापा, माघ १८ ।
झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त ६१७४ नंको ट्याक्टरले गिरीलाई बुधबार बेलुका ठक्कर दिएको थियो ।

ठक्करबाट गिरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि चालक ट्याक्टर छाडेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

%d bloggers like this: