Monday, May 20, 2019
Home > साहित्य > गजल “आमा”

गजल “आमा”

सञ्चारक
दिनका दिन साहु घरमा आयो भने आमा ।
छोरो उता परदेश तिर धायो भने आमा ।।

कसरी चित्त बुझाऊन सक्छु र यहाँ ।
नपाऊनु दुःख परदेशमी पायो भने आमा ।।

बाहिर निस्की नियालेर नहेर्नु है हजुर ।
आगनीमा काग करायो भने आमा ।।

आफुलाई सम्हालेर चित्त बुझाउनु है ।
गाऊँ भरी बिरहको गित छायो भने आमा ।।

दुनियाको आँखामा आँसु कसो नरसाऊला र ।
चितामा मेरो लास सजायो भने आमा ।।

नामःक्षितीज भरत बोहरा
बडी केदार गा. पा.२ डोटी

%d bloggers like this: