Saturday, April 20, 2019
Home > breaking > प्रदेश नम्बर २ मा चार भाषामा शपथ ग्रहण

प्रदेश नम्बर २ मा चार भाषामा शपथ ग्रहण

सञ्चारक

अभेन्द्र यादव

जनकपुरधाम, माघ ७ ।
प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्यले आइतबार जनकपुरमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित शपथ ग्रहण समारोहमा आठ जिल्लाका एक सय सात सांसदले आ– आफ्नो मातृभाषामा पद तथा गोपनियताको सपथ लिएका हुन्। प्रदेश २ का सांसदले चार भाषामा शपथ लिएका छन्।

एक सय ७ सदस्य मध्ये मैथिली भाषामा ४७, भोजपुरीमा २५, नेपालीमा २४ र हिन्दीमा ११ जनाले सपथ लिएको प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले जानकारी दिए।

%d bloggers like this: