Saturday, August 24, 2019
Home > breaking > जिप दुर्घटना हुँदा गापाका अध्यक्षसहित ६ को मृत्यु

जिप दुर्घटना हुँदा गापाका अध्यक्षसहित ६ को मृत्यु

सञ्चारक

संखुवासभा,पुस ३० ।
संखुवासभाको मिर्गेगौँडा सिङमाटार भन्ने ठाउँमा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ। मकालु गाउँपालिकाको नुमबाट बरुणमेला भर्न हिँडेको बा५च १३०९ नम्बरको उक्त जिप मिर्गेगौँडाको सिङमाटार भन्ने ठाउँमा दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल, जिल्ला समन्वय समिति संखुवासभामा कार्यरत सूचना अधिकारी सुवासचन्द्र लुइँटेल र स्थानीय सुरेश राई गरी तीन जनाको नाम खुलेको र बाँकीको सनाखत हुन बाँकी रहेको प्रदेशसभा सदस्य पूर्णप्रसाद राईले जानकारी दिए।

जिप भीरबाट २०० मिटर तल खसेको र उद्धार कार्य जारी रहेको घटनास्थल पुगेका प्रदेशसभा सदस्य राईले बताए। दुर्घटनाको पूरा विवरण आउन बाँकी छ।

%d bloggers like this: