Friday, April 19, 2019
Home > breaking > विश्वदर्शन अभियानको स्थापना दिवस

विश्वदर्शन अभियानको स्थापना दिवस

काठमाडौँ, पुस ३० ।
विश्वदर्शन अभियान केन्द्रको स्थापना दिवस पुस २७ को उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी मनाइयो ।

सो अवसरमा केन्द्रका अध्यक्ष नारायणप्रसाद भट्टराईले केन्द्रबाट भएका गतिविधिबारे जानकारी दिँदै केन्द्रले योग प्रशिक्षण, सत्संग तथा मासिकरुपमा दर्शनीय स्थानको भ्रमण कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

उहाँले योग दिवस माघ १ को सन्दर्भमा हुने मूल आयोजक समितिको कार्यक्रममा शान्तिवाटिका, रत्नपार्कमा विहान ७ बजे भेला भई सहभागी हुन पनि सबैलाई आग्रह गर्नुभयो ।

योग दिवसको साप्ताहिक कार्यक्रमअन्तर्गत माघ ३ र ४ गते इटहरीमा हुने योग खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको तर्फबाट भाग लिने पनि उहाँले जानकारी दिनुभयो । अभियानको कार्यालय हालै भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको गोठाटारमा सारिएको छ ।

कार्यक्रममा विश्वदर्शन अभियान कोषका संयोजक इन्द्र कर्माचार्य, सल्लाहकारद्वय तीर्थ भट्टराई तथा शंकर चापागाईं, विनोद ढकाललगायतले केन्द्रका गतिविधिलाई अझ प्रभावकारी बनाउनुपर्नेबारे सुझाव दिनुभएको थियो । रासस

%d bloggers like this: