Tuesday, January 23, 2018
Home > breaking > धनकुटेलीद्धारा आज पनि धर्ना

धनकुटेलीद्धारा आज पनि धर्ना

काठमाडौँ, पुस २८ ।
प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ धर्ना दिएको छ ।

पूर्वाधार, सामथ्र्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आज बिहान ८ः३० देखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

यसअघि पटक पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिँदै आएका थिए । धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: