Tuesday, July 16, 2019
Home > breaking > देशभरि तापक्रम बढ्दै जाने : मौसमविद

देशभरि तापक्रम बढ्दै जाने : मौसमविद

सञ्चारक
काठमाडौं, पुस २५ ।
काठमाडौंसहित देशभरि नै अब ताक्रम बढ्दै जाने मौसमविदले अनुमान गरेका छन् । अबको केही दिन देशभरि कै मौसम सफा रहने भएकाले जमिनको ताप आकाशमा बहने र हावा चल्ने हुँदा न्यूनतम तापक्रम बढ्ने देखिएको मौसमविद समिर श्रेष्ठले बताए ।

अहिले तराईमा लागेको बाक्लो कुहिरो दिउँसोपछि बिस्तारै हट्नेछ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । मंगलबार बिहान शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसमविदले गरेका छन ।

%d bloggers like this: