Thursday, June 20, 2019
Home > breaking > सहकारीमैत्री कानून निर्माण गर्नुपर्ने माग

सहकारीमैत्री कानून निर्माण गर्नुपर्ने माग

काठमाडौँ, पुस २३ ।
सहकारीको प्रवद्र्धन र सुदृढीकरणका लागि सहकारी संघसंस्थासँग समन्वयकारी भूमिका निर्वाह गरी सहकारीमैत्री कानून निर्माण गर्नुपर्ने माग गरिएको छ ।

दुई दिनसम्म सञ्चालन भएको सहकारी संघसंस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीले ‘काठमाडौँ घोषणापत्र–२०७४’ सार्वजनिक गर्दै स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष सहकारीमैत्री कानून निर्माण गर्न आह्वान गरेको हो ।

‘सन् २०३० सम्मको दिगो विकासका सबै लक्ष्य प्राप्तिका लागि नेपालको सहकारी अभियानको योगदानलाई वृद्धि गर्न रणनीतिक योजनाका साथ स्थानीय तथा नवीन प्रविधिहरुको प्रयोग/विस्तार, उद्यमशीलता तथा क्षमता विकास र सामाजिक सुरक्षा योजनामार्फत उत्पादन वृद्धि तथा सेवाको विविधीकरण गर्दै स्वरोजगार सिर्जना गरी गरिब न्यूनीकरण गर्न प्रतिबद्ध छौँ”, घोषणापत्रमा भनिएको छ । रासस

 

%d bloggers like this: