Saturday, February 23, 2019
Home > breaking > मृत अवस्थामा महिला फेला परिन्

मृत अवस्थामा महिला फेला परिन्

जनकपुरधाम, पुस २२ ।
जनकपुर उपमहानगरपालिका–९ मा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९ की ५२ वर्षीया रतियादेवी यादव रामानन्द चोकको तरकारी बजारमा मृतावस्थामा फेला परेकी हुन् ।

यादव रामानन्द चोकको तरकारी बजारमा तरकारी बेच्ने गरेकी थिइन् । मृतकले लगाएकी चप्पल फोहर फाल्ने कन्टेनरमा भेटिएको र अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ । रासस

%d bloggers like this: