स्कुटर दुर्घटनामा एकको मृत्यु
सञ्चारक काठमाडौँ, पुस १८ । काठमाडौँ तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १२ः१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो । तीव्रगतिमा गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।
Read More