Tuesday, July 16, 2019
Home > समाचार > घरायसी विवादमा पत्नीको खुकुरी प्रहारबाट पति घाइते

घरायसी विवादमा पत्नीको खुकुरी प्रहारबाट पति घाइते


दाङ, पुस१७ ।
दाङमा पत्नीको खुकुरी प्रहारबाट पति गम्भीर घाइते भएका छन्। घरायसी विवादमा लमही नगरपालिका ५ का सुनिल खड्कालाई पत्नीले खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ।
पत्नी सिटिजा खड्काको माइती गढवा गाउँपालिका १ धानखोलामा विवाद हुँदा सुनिलमाथि खुकुरी प्रहार भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई लमही अस्पतालमा सामन्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ। पत्नी सिटिजालाई प्रहरीले पक्राउ गरेको छ।

%d bloggers like this: