Saturday, November 17, 2018
Home > समाचार > सहायकरथी दाहाल फोर्स कमाण्डरमा

सहायकरथी दाहाल फोर्स कमाण्डरमा

काठमाडौँ, पुस १५ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्र फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्न केही दिनमै त्यसतर्फ जाँदै हुनुहुन्छ ।
नेपाली सेनाका उच्च अधिकृतबाट यस किसिमको शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी पाउनु नेपाल र नेपाली सेनाका लागि गौरवको विषय भएको सेनाले जनाएको छ । सहायकरथी दाहालले एक वर्षका लागि सो जिम्मेवारी पाउनुभएको हो ।
विश्व शान्ति स्थापनार्थ शान्ति सेना पठाउने मुलुकको सूचीमा हाल नेपाल छैटौँ स्थानमा छ । नेपाली सेनाका झण्डै पाँच हजार शान्ति सैनिक अहिले १४ द्वन्द्वरत मुलुकमा परिचालन हुँदै आएका छन् । नेपाली सेनाका एक लाख २० हजारभन्दा बढीले विश्व शान्तिका लागि योगदान दिइसकेका छन् । रासस

%d bloggers like this: