Sunday, November 28, 2021
Home >

बैठकमै कुटाकुट हुँदा गम्भीर घाइते

सञ्चारक काठमाडौं,पुस ११ । नेपाली कांग्रेस स्याङजाको बैठकमा आफ्नै नेताबाट कुटिएका दुई कांग्रेस नेताहरुको काठमाडौंस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका भेषराज अर्याल र कोमलराज ढकालको आईसियूमा उपचार भइरहेको छ। निर्वाचनको समिक्षा बैठकमा उनीहरुमाथि कुटपिट भएको थियो। चुनावमा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई असहयोग गरेको भन्दै श्रेष्ठ निकट व्यक्तिहरुले उनीहरुमाथि कुटपिट गरेका थिए।

Read More