Tuesday, March 26, 2019
Home > समाचार > मादक पदार्थ सेवनबाट एकको मृत्यु

मादक पदार्थ सेवनबाट एकको मृत्यु

सञ्चारक
सप्तरी, पुस ६ ।

जिल्लाको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ ।

स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए ।

सोही क्रममा अत्यधिक मादक पदार्थ सेवन गरेका राजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

%d bloggers like this: