Thursday, November 19, 2020
Home >

जब काँडा बनेकाको नजर पुग्यो ।

जब काँडा बनेकाको नजर पुग्यो मेरो जिन्दगानीमा असर पुग्यो । केही दुस्मनी थ्यो या कुनै कहर, खोलाबाट बारीमा बगर पुग्यो । सालिक आत्तिए सायद यसो भने, बाटोमा कुरी बस्ने रहर पुग्यो । पीडा आउँदैथ्यो जब खुशी हुँदै, यो आँखा पुग्यो पहिला र डर पुग्यो । दिल चोर्‍यो (वसन्ती)को वसन्तले, घर घरमा विना ज्याला खबर पुग्यो ।। बसन्त वली (बसन्ती) दाङ

Read More