संविधान संशोधन नभए पुनर्लेखनको माग हुने : हृदयेश त्रिपाठी

दिपक चौरसिया /सञ्चारक
वीरगञ्ज, फागुन ४ ।

बारामा सम्पन्न मध्यक्षेत्रका केन्द्रीय पदाधिकारीहरुको बैठकपछि तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरु मधेश दौडाहामा जुटेका छन् । सोमबार बारामा आयोजित सहिद परिवारको सम्मान कार्यक्रममा सहभागी भएर पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी रातारात गृहजिल्ला नवलपरासी पुगेका छन् ।

hridyaesh_tripathi
नवलपरासीमा उनले मधेश आन्दोलनका बारेमा स्थानीयहरुसँग अन्तक्र्रिया गर्ने र जारी आन्दोलनका बारेमा अवगत गराउने कार्यक्रम रहेको छ ।
यसअघि हिजै वीरगञ्जमा आयोजित कार्यक्रममा तमलोपाका वरिष्ठ उपाध्यक्ष त्रिपाठीले संविधान संशोधनमा बेइमानी भए पुनर्लेखन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जन ागर्ने चेतावनी दिए । उनले विश्वकै उत्कृष्ट र ९० प्रतिशतले बनाएको भनेर घुर्की लगाउनेहरुले संविधानलाई आफैँले संशोधन गरेको भन्दै मधेश आन्दोलनको मर्म र भावनाविपरित सम्झौता नहुने प्रष्ट पारे ।
वरिष्ठ उपाध्यक्ष त्रिपाठीले सहिदको सहादत खेर नजाने ठोकुवा गर्दै मधेशीको हकअधिकार सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने र अहिले स्वरुप परिवर्तन मात्र भएको उल्लेख गरे ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत केन्द्रीय पदाधिकारीहरु समेत उपस्थिति रहेको सो कार्यक्रममा आन्दोलनका सहिदहरु दिनानाथ साह गोंड र भोला साहको अभिभावकहरुलाई सम्मान गरिएको थियो । तमलोपाका महामन्त्री एवं पूर्व सभासद जितेन्द्र सोनलको समन्वयमा बारा जिल्लाको प्रसौनी गाविसस्थित नौतन टोल निवासी सहिदद्वयको आमा र बुवालाई तमलोपा अध्यक्ष ठाकुर र वरिष्ठ उपाध्यक्ष त्रिपाठीले घरमै गएर दोसल्ला ओढाई सम्मान गरेका थिए ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *