वीरगञ्जबासीले भने,–‘लाठी फाठा लेके होख तयार’

 

दिपक चौरसिया /सञ्चारक
वीरगञ्ज, फागुन ४ ।
मधेश आन्दोलनकारी समिति पर्साले सोमबार सहिद परिवार तथा घाइतेलाई सम्मान गरेको छ ।
वीरगञ्जको माईस्थानमा भएको सो कार्यक्रममा वक्ताहरुले आन्दोलनका मागलाई सम्बोधन नगरेकोमा सरकारको आलोचना गर्दै मधेशकेन्द्रित दलहरुसमेत मधेशको मागप्रति वफादार नभएको आरोप लगाए । जारी मधेश आन्दोलका सहिद एवं घाइते परिवारलाई मधेशकेन्द्रित दलका नेताहरुले कुनै वास्ता नगरेको भन्दै उनीहरुले मधेशलाई कमजोर पार्ने कुनै पनि किसिमको सम्झौता मधेशी नेताले राज्यसँग गरे आफूहरुलाई स्वीकार्य नहुने बताए ।

birgunj_sahid_samman
मधेस आन्दोलनकारी समितिका संयोजक विनेश पटेल, तराई मधेश राष्ट्रिय अभियानका सिपु तिवारी, सङ्घीय समाजवादी फोरम नेपालका कन्द्रीय सदस्य करिमा बेगम, आन्दोलनकारी समितिका कोषाध्यक्ष धुरेन्द्र पटेल, अनिल साहलगायतका वक्ताले सहिद परिवार तथा घाइतेहरुलाई जनही २१ सय रुपियाँ तथा सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।
मधेश आन्दोलनमा गम्भीर घाइते भएका उपेन्द्र यादव, विजय राउत कुर्मी र राहुलकुमार दासलाई पनि सम्मान गरिएको थियो ।
मधेस आन्दोलनकारी समितिका संयोजक विनेश पटेलको सभापतित्वमा भएको कार्यक्रममा सहिद दिलिप चौरसियाका बुवा रामेश्वर चौरसिया, सहिद धर्मराज सिंहका दाइ करणकुमार सिंह, सहिद शत्रुध्न पटेलका आमा कुसुमी देवी, सहिद चन्दन पटेलका बुवा मनोज कुर्मी, सहिद दिनानाथ साहका बुवा शिवपूजन साह, घाइते मुन्सी पटेलका बुवा रामचन्द्र पटेल, अनिल कुशवाहा, सहिद भोला साहका बुवा कुञ्जबिहारी साह, सहिद सोहन साह कलवारकी पत्नी बिनिता देवी, आन्दोलनकारी समितिका सहसंयोजक अनिल गुप्ता, सचिव जलेश्वर सर्राफ, सहसचिव जयद हुसैन, कोषाध्यक्ष धुरेन्द्र पटेल, सहकोषाध्यक्ष संजय पटेल, सल्लाहकार संतोष साह, महम्मद समसुल मिया, जादोलाल साह, अनिता रौनियार, रेखा साह, घाइते अनिल कुशवाहालगायतकाले मधेश आन्दोलन अहिले समाप्त नभएको भन्दै नेताहरुलाई खबरदारी समेत गराएका थिए ।birgunj_sahid_samman1

श्रोता क्लबका प्रकाश चौधरीले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन धननजिव मिश्राले गरेका थिए । कार्यक्रममा “लाठी फाठा लेके होख तइयार” बोलको गीत गायक धुरेन्द्र सहनी र गायक जितेन्द्र पटेलले प्रस्तुत गरेका थिए ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *