मधेशी मोर्चाद्वारा वीरगञ्जमा धर्ना

सञ्चारक
वीरगञ्ज, फागुन ४ ।
मधेश आन्दोलनमा भएको बन्दहड्ताल अवधिको जरिवाना नलिन माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले यातायात व्यवस्था कार्यालय नारायणी अगाडि धर्ना दिएको छ । मोर्चाका नेता प्रदीप यादवले बन्द अवधिमा कार्यालय नखुलेको र त्यसअवधिमा जनताले रकम तिर्न नसकेकाले जरिवाना लिनु अन्याय भएको ठहर गर्दै त्यस कार्यलाई धर्ना दिइएको बताए ।

birunj_dharna
यातायात कार्यालयले भने गत छमहिना अवधिमा कार्यालय नखुलेको भए पनि त्यस अवधिलाई गणणा गरेर जरिवाना लिइरहेको छ ।
बिगत करिब छौउ महिना देखि बन्द रहेका यातायात कार्यालय खुलेपनी बन्द अवधिभरीको जरिबाना लिदै आएको छ बन्द अवधिभरीको जरिवाना नलिन माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यातायात कार्यालय पर्सा अगाडि धर्ना दिएको छ ।मोर्चाका नेता प्रदिप यादवका अनुसार बन्द अवधिभरीमा कार्यालय नखुलेको र सर्वसाधारणहरु कार्यालय पुग्न नसकेकोले जरिवाना लिनु अन्याय हुने बताए । यादवले जरिवाना लिने काम नरोकिएसम्म धर्ना जारी रहने बताए ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *