मोर्चाको जीत, जरिवाना बुझाउनु नपर्नेमा सहमति

किरण कर्ण सञ्चारक
जनकपुर, फागुन ४ ।
पटकपटकको बाधाअवरोध र होहल्लाका कारण नेपाल विद्युत प्राधिकरणको जनकपुर वितरण केन्द्र र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा जनकपुर उद्योग वाणिज्य संघको संयुक्त बैठकबाट आमहड्ताल अवधिको जरिवानालगायतका महसूल नलिने सहमति भएको छ । मंगलबार जनकपुरमा भएको संयुक्त बैठकबाट यस्तो निर्णय गरेको भएको हो ।bigyapti_morchha_janakpur
गत साउन महिनादेखि ६ महिनासम्म निरन्तररुपमा चलेको मधेश आन्दोलनको क्रममा भएको बन्द र हड्ताललाई मध्यनजर गर्दै सो अवधिसम्मको विद्युत महसूलको निश्चित जरिवाना मात्र उपभोक्ता र उद्योगी व्यवसायीले बुझाउनु पर्नेभएको छ ।
६ महिनादेखिको निरन्तरको बन्दीलाई ध्यानमा राखेर आधा वर्ष जतिको भाग लगाई बील संशोधन समेत हुने भएको छ भने सो बमोजिमको महसूल उपभोक्ताले बुझाउनु पर्नेभएको छ ।
तर संशोधन गरिएको बील महसूलअनुसारको भुक्तानी सात दिनसम्मको रिवेट र २२ औँ दिनसम्म बीलबमोजिमको महसूल रकम बुझाउनु पर्र्ने निर्णय भएको छ ।
सो सहमतिपत्रमा मधेशी मोर्चा धनुषाका संयोजक संजय सिंह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा र जनकपुर विद्युत केन्द्र तथा नेपाल विद्युत प्राधिकरणको तर्फबाट केन्द्र प्रमुख जितेन्द्रकुमार झाले हस्ताक्षर गरेका छन् ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *