बन्द अवधिको जरिवाना नलिन माग

सञ्चारक
वीरगंज, फागुन ४ गते ।
मधेश आन्दोलनमा बन्दअवधिको जरिवाना नलिन नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा सङ्घीय समावेशी मधेशी युवा गठबन्धन पर्साले ज्ञापनपत्र बुझाएका छन् ।

birgunj_yatayat_gyapan
विगत ६ महिनादेखि जारी मधेश आन्दोलनको क्रममा बन्दहड्ताल र सीमानाका धर्नाले यस भेगमा बसोबास गर्ने आमनागरिकहरुको जनजीवन निकै नै कष्टपूर्ण हुनुको साथै आर्थिक अवस्था निकै नै दयनीय भएको हुँदा बन्दअवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धनले कार्यालय प्रमुख राजेन्द्रप्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।
सो टोलीले नारायणी अञ्चल यातायात व्यवस्थो सवारीचालक कार्यालयका शाखा अधिकृतद्धय शालिग्राम पौडेल र उमेश रेग्मीलाई समेत ज्ञापनपत्र बुझाउँदै मधेशमा बन्द हुँदाको अवधिको जरिवाना नलिनसमेत ध्यानाकर्षण गराएको छ ।

गठबन्धनको पर्सा संयोजक इश्वर यादवको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *