जनकपुरमा नयाँ शक्तिको प्रादेशिक ‘बैसार’ हुँदै

नयाँ शक्तिले भ्रष्टाचारको विरुद्धमा लड्ने

किरण कर्ण /सञ्चारक
जनकपुर, फागुन ४ ।

राजनीतिक दलमा परिणत गर्नुअघि नेता तथा कार्यकर्ताहरुलाई आकर्षित गर्न नयाँ शक्ति संगठन बिस्तार तथा सुदृढीकरण अभियानमा जुटेको छ । सोही अभियानअन्तर्गत आजबाट जनकपुरमा दुई नम्बर प्रदेशलाई केन्द्रित गरी राज्यस्तरीय अन्तरिम परिषद्को प्रथम बैठक आयोजना गरिएको छ ।
बैठकको अवसर पारेर नयाँ शक्तिका अभियन्ताहरुले मधेशलाई नै केन्द्रित गरी पार्टी गतिविधि अघि बढाउने ठोकुवा गरेका छन् । बैठकपूर्व पत्रकारसँग कुरा गर्दै प्रदेश नम्बर २ का संयोजक रामचन्द्र झाले मधेश आन्दोलनको उपलब्धि तथा आगामी कार्यभारबारे ठोसरुपमा गम्भीर छलफल हुने जानकारी दिए । उनले मधेश आन्दोलनलाई केलाउँदै कार्यक्रमको खाका ल्याउने र अघि बढ्ने बताउँदै तत्कालका लागि नयाँ शक्ति भ्रष्टाचारविरोधी आन्दोलनमा जुट्ने उल्लेख गरेका छन् ।ramchandra_jha_nayashakti

प्रदेश नम्बर दुईका आठओटै जिल्लामा फागुन १५ गतेभित्र जिल्ला र फागुन मसान्तसम्ममा गाउँस्तरीय समितिहरु गठन गर्ने नयाँ शक्तिको कार्ययोजना रहेको छ । एक गाउँ दुई सयजना प्रारम्भिक सदस्य रहने नयाँ शक्तिको दुई नम्बर प्रदेश संयोजक झाले बताए ।
बैठकमा अन्तरिम परिषद सदस्यहरु महेन्द्र पासवान, पूर्वप्रशासक प्रवीण मिश्र, रामकुमार शर्मा, रामरिझन यादव, अरविन्द साह, प्रा.डा. भोगेन्द्र झा र नेतृ शिला यादवसहित ५८ जना सदस्यहरु समेत सहभागी छन् ।
यस बैठकबाट सदस्यता बिस्तारदेखि सांगठनिकरुपलाई मजबूत पार्ने योजनाअनुसार कार्यक्रमलाई अघि बढाउने पूर्वमन्त्री महेन्द्र पासवानले जनाए ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *