Tuesday, July 16, 2019
Home > top news > दूतको दपेटाइमा जनकपुरका अगुवा युवा

दूतको दपेटाइमा जनकपुरका अगुवा युवा

 

किरण कर्ण /सञ्चारक
जनकपुर, फागुन २ ।
वीरगञ्जस्थित महाबाणिज्य दूताबासकी महाबाणिज्यदूत अञ्जु रञ्जनले जनकपुरका चाकडीबाज युवकहरुलाई बेस्करी दपेटेकी छिन् । उनले आफूलाई असुरक्षित र दूरस्थ ठाउँमा ल्याएको भन्दै जनकपुरका केही युवालाई आइतबार हप्कीदप्की दिएकी थिइन् । ती युवाहरुले महाबाणिज्यदूत रञ्जनलाई जनकपुर मध्यसहरभन्दा केही किलोमीटर दक्षिणमा पर्ने उपमहानगरपालिका क्षेत्रकै सोनापाडास्थित शिव मन्दिरमा बृक्षरोपणका लागि लिएर गएका थिए ।

anju_ranjan

आइतबार बिहान जानकी मन्दिरमा पुजाअर्चनापछि महाबाणिज्यदूत रञ्जनलाई जनकपुरबाट बसहिया जाने रामजानकी पथमा रहेको शिव मन्दिरमा पुगेकी रञ्जनले कच्ची बाटो र देहातमा किन लिएर आएको भन्दै सार्वजनिकरुपले नै आयोजक युवालाई थर्काएकी बताइएको छ ।
भारतीय दूताबास वा वीरगञ्ज महाबाणिज्य दूताबासका कर्मचारीहरुसँग ऐतिहासिक धरोहरको संंरक्षण र अन्य विकासनिर्माणका लागि आर्थिक सहयोग माग्नेहरुको भिड बाक्लिदैँ गएको बेला स्थानीयलाई कुटनीतिक कर्मचारीको झोंकमा पर्नुपरेको हो । कुटनीतिक कर्मचारीलाई चाकडी र चाप्लुसी गर्ने क्रमले पराकाष्ठा नाघेपछिको परिणाम सो घटना भएको टिप्पणी सर्वसाधारणहरुले गरेका छन् ।

जनकपुरका अगुवाहरु कहलिने यूवाको स्कर्टिंगमा आइतबार बिहान आफ्ना कर्मचारीसहित जानकी मन्दिर पुगेकी रञ्जनले .मन्दिरपरिसरको गेटमा ताल्चा लागेको र गाडी छिराउन नपाएपछि निकै आक्रोशित देखिएकी थिइन् ।

%d bloggers like this: