Thursday, June 20, 2019
Home > top news > जनकपुरमा फेरि सरकारी कार्यालय बन्द !

जनकपुरमा फेरि सरकारी कार्यालय बन्द !

 

किरण कर्ण /सञ्चारक

जनकपुर, फागुन १ ।

समाजवादी विद्यार्थी संघले जनकपुरस्थित यातायात व्यवस्था कार्यालय आइतबार पनि बन्द गराएको छ । मधेशमा लामो समयदेखिको आन्दोलनको अवधिमा बन्द रहेका यातायात व्यवस्था कार्यलयले सेवाग्राहीहरुसँग जरिवाना असुल्न थालेपछि नाराबाजी गर्दै त्यहाँ पुगेका विद्यार्थी संघले सो कार्यालय बन्द गराएको हो ।

suchana_yatayat

बन्दहड्तालको समयमा जरिवाना लिन पाइँदैन भन्दै विद्यार्थीहरुले अवरोध सिर्जना गरेपछि गरेपछि सूचना टाँस गरी कार्यालय बन्द भएको थियो ।

विभिन्न कार्यालयले विभिन्न शुल्कसहित चर्को जरिवाना असुली रहेको जनगुनासो बढेपछि आफूहरुले जरिवाना मिनाहा गर्न पटकपटक मौखिक र लिखित जानकारी गराए पनि सोको सुनवाइ नभएका कारण बाध्य भएर कार्यालय बन्द गराउनु परेको संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले बताए । उनकै नेतृत्वमा विद्यार्थी तथा यूवाको एक समूह यातायात व्यवस्था कार्यालय पुगेको थियो ।

आन्दोलनताका सरकारी कार्यालयहरुमा जरिवाना र बैंक तथा वित्तिय संस्थाहरुमा जरिवाना  र ब्याज मिनाहा हुने मधेशी मोर्चालगायतका आन्दोलनरत्त शक्तिहरुले  बताउँदै आएका कारण निश्चिन्त देखिएका सेवाग्राहीहरु अहिले निकै समस्यामा परेका छन् ।

%d bloggers like this: