Saturday, December 15, 2018
Home > top news > उपेन्द्रको चालाखीलाई ठाकुरको अनुमोदन, जेपी निकालिने महागठबन्धनबाट

उपेन्द्रको चालाखीलाई ठाकुरको अनुमोदन, जेपी निकालिने महागठबन्धनबाट

 

विनोद कार्की /सञ्चारक
काठमाडौं, माघ २६ ।
आफ्नो राजनीतिक उचाइँलाई जयप्रकाश गुप्ताले पार्टी फुटाएर होचो बनाएको तुस पाल्दैआएका सङघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक र रणनीतिक बठयाइँलाई फेरि एकपटक स्थापित गरेका छन् । सीमानाकाको धर्नालाई मजबूत बनाउन नसकेको आरोप खप्दैआएका यादवले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई मनपरी नगर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाटै निर्देशन दिलाएलगत्तै एउटा अर्को महत्वपूर्ण विषयमा मोर्चाको निर्णयलाई आफू आनुकूल बनाउन सफल बनाएका छन् ।

Mahanth_thakur_lauhfing upendra_yadav_janjati_dress
मोर्चाको अतिगोप्य भनिएको सोमबारको अपूर्ण बैठकबाट अध्यक्ष यादवले मोर्चासहितको महागठबन्धनमा सङ्घीय समावेशी गठबन्धनलाई लिन सकिने तर तराई मधेश राष्ट्रिय अभियानका जेपी गुप्तालाई लिन नसकिने निर्णय गराएका छन् । सो निर्णयपछि मोर्चाका नेता र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनका घटक नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई तमरा अभियानबिनाको महागठबन्धन बनाउन सम्भव भए वा नभएको निष्कर्ष निकालेर आफूहरुसँग सम्पर्क गर्न जानकारी गराएको स्रोतहरुले जनाएका छन् ।
यद्यपी नेसपाका अध्यक्ष झाले भने केही समययता गठबन्धन वा अन्य कुनै पनि विषयमा मोर्चाका नेता वा कार्यकर्ताहरुसँग कुराकानी नभएको सञ्चारकलाई बताएका छन् । गठबन्धनले बन्दहड्ताल, सीमानाकामा धर्ना र सरकारी कार्यालयलाई बिनापरिणाम फिर्ता लिएकोमा मोर्चाको आलोचना भइरहेको बेला ठाकुर र झाबीच जयप्रकाश गुप्ताबिनाको महागठबन्धनको सम्भावना तलास्न बातचीत भएको स्रोतको दाबी छ ।

anil_kumar_jha

जयप्रकाश गुप्तानेतृत्वको तमरा अभियान पनि घटक रहेको सङ्घीय समावेशी मोर्चाका नेता एवं नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले गुप्ताबिनाको महागठबन्धनको प्रस्तावलाई मोर्चाले मूर्त र ठोसरुपमा अगाडि ल्याए आफूहरु छलफल गर्न तयार रहेको बताए ।
नेसपा अध्यक्ष झाले भने मोर्चाले त्यस्तो प्रस्तावलाई मोर्चाले मूर्त र ठोसरुपमा अगाडि ल्याए आफूहरु छलफल गर्न तयार रहेको बताए ।
तर गठबन्धनका प्रमुख घटक राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरतसिँह भण्डारी स्वास्थ्योपचारका लागि नयाँदिल्ली र चेन्नइतर्फ लागेको र आगामी शुक्रबार मात्र नेपाल फर्किने कार्यक्रम रहेको हुँदा तमरा अभियानबिना मोर्चासहितको महागठबन्धन बनाउने कुराका बारेमा चर्चा हुन सकेको छैन ।
मोर्चाका नेताहरुले यसअघि नै गुप्ताले मधेश आन्दोलन र मधेशी मोर्चाका विरुद्धमा आन्दोलनपूर्व र आन्दोलनका दौरान अभिव्यक्ति दिएकाले उनीसहितको महागठबन्धनलाई अस्वीकार गरेका थिए । तमरा अभियानसहितको सङघीय समावेशी गठबन्धनले भने एउटै मुद्दा र एउटै आन्दोलनका आधारमा महागठबन्धन बनाउन मोर्चालाई आग्रह गर्दैआएको थियो ।
केही दिनअघि विराटनगरमा आयोजित स्थानीय नेताहरुहरुसँगको भेटमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले महागठबन्धनमा गुप्तालाई कुनै पनि हालतमा लिन नसकिने बताएका थिए । तमरा अभियानका संयोजक गुप्ताका अनुसार विराटनगरमै महागठबन्धनका बारेमा सदभावना अध्यक्ष राजेन्द्र महतोसँग कुरा हुँदा उनले यादवले महागठबन्धन निर्माण हुँदा जेपीलाई अलग गरेर सङ्घीय समावेशी गठबन्धनका अन्य घटकहरुलाई समावेश गर्नुपर्ने बताएको सङ्केत गरेको उल्लेख गरेका थिए ।
तमरा अभियानका संयोजक गुप्ताले आन्दोलनलाई अघि बढाउन आफूबिना पनि महागठबन्धन बने स्वीकार्य हुने बताए । तर उनले सबैलाई लिएर महागठबन्धन बनाएर समर्पण गर्नु दूर्भाग्यपूर्ण र आपत्तिजनक हुने भन्दै मधेशी मोर्चाले योजनबद्ध ढङ्गले आन्दोलनको बाटोलाई परित्याग गरेको आरोप लगाए । उनले भने,“मोर्चाले माघ महिनाकै प्रारम्भदेखि नै वीरगञ्जको नाका पनि परित्याग गर्यो । मोर्चाका स्थानीय नेताहरुले नाकामा धर्ना बस्न पनि छाडे । मोर्चाले आन्दोलनलाई अघि बढाउने कार्यक्रम पनि दिएन । आन्दोलनलाई शिथिल पार्ने र अन्ततः तुहाउने मोर्चाको योजना थियो ।”

Jayprakash_gupta

तमरा अभियानका संयोजक जयप्रकाश गुप्ताले आन्दोलनलाई शिथिल पार्दै तुहाउने योजनामा मोर्चा माघ महिनाको आरम्भदेखि नै लागेको र त्यस योजनाको अन्तर्यमा काँग्रेस महाधिवेशनपछि सत्ता परिवर्तनमा मोर्चाका घटकहरुका लागि अनुकूल वातावरण बनाउनु रहेको जिकीर गरेका छन् ।
तमरा अभियानका संयोजक गुप्ताले त्यस योजनाको अन्तर्यमा काँग्रेस महाधिवेशनपछि सत्ता परिवर्तनमा मोर्चाका घटकहरुका लागि अनुकूल वातावरण बनाउनु रहेको जिकीर गरेका छन् ।

%d bloggers like this: