Tuesday, November 20, 2018
Home > top news > यसरी झुके सुषमा स्वराज प्रधानमन्त्री ओलीसँग

यसरी झुके सुषमा स्वराज प्रधानमन्त्री ओलीसँग

sushma_oli_bhet
सञ्चारक
काठमाडौं, माघ २६ ।
पहाडीमूलका नेताहरुले भारतीय राजनीतिकर्मीका अगाडि खासगरी सरकारका सदस्य र सत्तारुढ दलका जिम्मेवार व्यक्तिका अगाडि निकै नम्रता र लचकतापूर्वक प्रस्तुत हुने परम्परालाई अन्त्य गर्न आज प्रधानमन्त्री कार्यालयको आन्तरिक सञ्चारसमूहले निकै कसरत गरेको छ ।
पहाडीबाहुल्य सञ्चारमाध्यमहरुका फोटो पत्रकारहरुलाई सो समूहले निकै अनुनयविनय गर्दै प्रधानमन्त्री ठाडो मुद्रामा भएको र भारतीय विदेश मन्त्री झुकेको पललाई क्यामरामा कैद गर्दै प्रकाशन गर्न आग्रह गरेका थिए । सोही समूहको योजनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली भारतीय विदेश मन्त्री र भारतीय नेताहरुसँग भेट भएको बेला निकै सजगता र सतर्कता अपनाउँदै फोटो खिँचिने बेलामा फरक मुद्रामा प्रस्तुत भएका थिए ।
फोटो खिच्नका लागि सामान्यतया निकै समय दिइएको आजको ओली–स्वराज भेटमा प्रम ओलीले मर्यादाक्रमअनुसार गफगाफ गरेको सन्देश जानैपर्ने प्रधानमन्त्रीको कार्यालयको आग्रहलाई स्वीकार्न तम्तयार भएर धेरै सट लिएको पाइएको छ ।
सामान्यतया नेपालका प्रधानमन्त्रीहरु हेचा हुने र पटकपटक याचक कुरा गर्दै विनम्र भइरहँदा निकै गलेर भारतीय नेताहरुसँग प्रस्तुत भएको फोटा सार्वजनिक हुँदैआएको थियो ।
यद्यपी मधेशी नेताहरु विमलेन्द्र निधि, राजेन्द्र महतो र अमरेशकुमार सिँहका भारतीय नेतासँगका फोटाहरुमा भने उनीहरु निकै गर्विलो र सहअस्तित्वधारक भएको छनक पाइएको थियो ।

bimal_with_nmodi

amresh_singh_with_nmodi

%d bloggers like this: