Tuesday, May 22, 2018
Home > top news > सानेपामा अन्तिम श्रद्धाञ्जली अर्पण गरिँदै, पार्थिव शरीरलाई आज रंगशाला लगिने

सानेपामा अन्तिम श्रद्धाञ्जली अर्पण गरिँदै, पार्थिव शरीरलाई आज रंगशाला लगिने

 

अन्त्योष्टि बुधबार हुने

सञ्चारक
काठमाडौं, माघ २६ ।
अन्तिम श्रद्धाञ्जलीका लागि महराजगञ्ज निवासबाट पार्टी मुख्यालय सानेपा पुर्याइएको नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धासुमन व्यक्त गर्नेहरुको बाक्लो भिड लागेको छ । शोकाकूल पार्टीका नेता तथा कार्यकर्ताहरुले लामबद्ध भएर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
पूर्व राष्ट्रपति डा.रामबरण यादव, पूर्वप्रधानमन्त्रीहरु लेकेन्द्रबहादुर चन्द, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, तमलोपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले पार्टी कार्यालयमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

koirala_parthib_sarir_in_sanepa
कोइरालाको निधनपछि उत्पन्न परिस्थितिका बारेमा निर्णय गर्न पार्टी मुख्यालयमा केन्द्रीय समितिको बैठक जारी छ ।
बैठकमा शोक प्रस्ताव पारित गरिने, अन्तिम श्रद्धाञ्जली र संस्कारका कार्यक्रमहरु तय गरिने तथा पार्टी तत्काल स्थगन गरिएको महाधिवेशनका कार्यक्रमका बारेमा थप निर्णय लिइने बताइएको छ ।
कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै रंगशाला पुर्याइने र भोलि अन्त्योष्टि गरिने बताइएको छ ।

फोटो साभार : इकान्तिपुर अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: