Tuesday, September 25, 2018
Home > top news > कोइरालाको पार्थिव शरीरलाई सानेपा लगियो

कोइरालाको पार्थिव शरीरलाई सानेपा लगियो

सञ्चारक
काठमाडौं, माघ २६ ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई महाराजगञ्जबाट पार्टी कार्यालय सानेपा लगिएको छ ।

पार्टी कार्यालय लग्नुअघि निवासमा उनको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहलगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

koirala_parthib_sarir_yatra_to_sanepa
उपप्रधानमन्त्रीहरु विजय गच्छदार र कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की तथा एमाले नेता झलनाथ खनाललगायतले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: