Tuesday, November 20, 2018
Home > top news > काँग्रेस महाधिवेशन स्थगित

काँग्रेस महाधिवेशन स्थगित

सञ्चारक

काठमाडौं, माघ २६ ।

पार्टी सभापतिको निधनपछि नेपाली काँग्रेसले महाधिवेशनका लागि निर्धारित सबै कार्यक्रमहरु स्थगित गरेको छ । पार्टी महामन्त्री प्रकाशमान सिँहले अर्को सूचना प्रवाह नहुँदासम्मका लागि महाधिवेशन स्थगित भएको जानकारी दिएका छन् ।

पार्टीको अहिले केही बेरपछि बस्ने भनिएको केन्द्रीय समितिको बैठकले दिवंगत सभापतिको अन्तिम संस्कार, महाधिवेशनलगायतका विषयमा निर्णय गर्नेछ ।congress logo

सामेबार मध्यराति काँग्रेस सभापतिको आकस्मिक निधन भएको छ । उनको निधनपछि महाधिवेशनका लागि विभिन्न जिल्लामा भइरहेका विभिन्न तहका अधिवेशनमा सहभागी हुन जिल्लामा पुगेका काँग्रेसका नेताहरुको काठमाडौं आउने क्रम जारी छ ।

काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भने काठमाडौंमै रहेकोले हिजो राति नै महराजगञ्ज पुगेका थिए ।

%d bloggers like this: