Monday, May 21, 2018
Home > top news > मधेशी मोर्चाको गोप्य बैठकमा महतो पनि

मधेशी मोर्चाको गोप्य बैठकमा महतो पनि

morcha-leaders1
सञ्चारक
काठमाडौं, माघ २५ गते ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अतिगोप्य र अनौपचारिक बैठक जारी छ । सोमबार बिहान नौबजेदेखि भइरहेको बैठकमा मधेश आन्दोलनको स्वरुप परिवर्तन गर्नुअघि सरकारसँग सीमाङ्कनबारे बनाउने भनिएको आयोगको समयसीमा र संवैधानिक सुनिश्चतताबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
बैठकमा सदभावना अध्यक्ष राजेन्द्र महतो पनि सहभागी छन् । यसअघि हिजो भएको बैठकमा शारिरीक अस्वस्थताले उनी सहभागी भएका थिएनन् ।

 

बैठक राजधानीमै भइरहे पनि बैठकस्थलका बारेमा जनाइएको छैन ।
बैठकमा मोर्चाका दुईओटा घटक दल सङ्घीय समाजवादी फोरम नेपाल र सद्भावना पार्टीका अध्यक्षहरुलाई लक्षित गर्दै ती दुवै दलका राजनीतिक कर्मचारीहरुले गरेका अभद्र, अमर्यादित र अतिरञ्जित टिप्पणीका बारेमा घम्साघम्सी भइरहेको बताइएको छ । मोर्चाका नेताहरुबीच सम्भावित चर्काचर्कीलाई लिएर नै बैठकमा अध्यक्षबाहेक मोर्चाका घटक दलका दोस्रो तहका नेताहरुलाई सामेल गराइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: