मोर्चाका यी गल्ती बने आन्दोलन तुहिने कारण

आन्दोलनको स्रोत, साधन र साध्य पनि आफैँ मात्र हुँ भन्ने मोर्चाको बुझाइले निषेध र तिरस्कारको एउटा राजनीति सुरु भयो आन्दोलनकै दौरान । आन्दोलन गर्ने अधिकार र यसलाई नियन्त्रित तथा निर्देशित गर्ने प्राधिकार र उपलब्धिको जस लिने हैसियत आफ्नो मात्र हो भन्ने कुरालाई आत्मसात गरेर अघि बढेका नेताहरुले आन्दोलनका अन्य पक्षहरुलाई विश्वासमा लिन सकेनन् नत आन्दोलनमा उनीहरुको संलग्नतालाई नै आधिकारिक बनाए ।  आन्दोलन गर्ने आफूभन्दा भिन्न शैलीलाई स्वीकार्न सकेनन् । मधेशकेन्द्रित अन्य दललाई आन्दोलनको अवधिमा नछुने त बनाए नै मधेशकै मुद्दालाई स्थापित गर्ने प्रयासमा जुटेका काँग्रेसका नेताहरुलाई तेजोबध गर्ने दुष्प्रयास गरे । जसले गर्दा बिनानिष्कर्ष आन्दोलनलाई स्थगन गर्नुपर्ने स्थितिमा मोर्चा पुगेको हो

 

कुन्दन कौशिक

kundan_kaushik

कुन्दन कौशिक

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले छ महिनादेखि जारी आन्दोलनलाई स्थगित गरेको छ । मोर्चाको यो कदम अप्रतीक्षित र अनपेक्षित होइन । ढिलोचाडो यो निर्णय यसरी नै आउँछ भन्ने कुराको सङ्केत र लक्षणहरु विभिन्न रुपमा सघन ढङ्गले आउँदै गरेका थिए । तर मूलतः यस निर्णयको पृष्ठभूमिमा एउटा महत्वपूर्ण र सतहमा देखिएको कारण भने आन्दोलनको शिथिलता हो । मोर्चाका केन्द्रीय नेतृत्वदेखि लिएर स्थानीय नेतृत्वसम्म आन्दोलनलाई सार्थक निष्कर्ष र आशातीत उपलब्धिसम्म पुर्याउने सबालमा देखिएका अदूरदर्शिता, रणनीतिक सुझबुझको कमी र स्वार्थपूर्ण कार्यसँगै अनियन्त्रित र अलोकतान्त्रिक व्यवहार नै आन्दोलन अधकल्चिएको हो । अर्थात आन्दोलनलाई राप दिने जनताले बलिदानी दिन कुनै कसर बाँकी नराखेको बेला यसको अधपतनका कारक मोर्चाका तिनै नेताहरु हुन् ।
अनभ्यस्त र अनर्गल राजनीतिक हठले आन्दोलन हुँदैन । सरल र सीधा रेखामा विद्रोहका

मोर्चाले बलप्रयोग वा शक्तिप्रदर्शनलाई नै आन्दोलनको निर्णायक अस्त्रको रुपमा अगाडि ल्यायो । यसकै बलबूतामा राज्यसँगको कठिन तथा कष्टसाध्य युद्ध जित्न सकिन्छ भने रुमानी कल्पनामा रुम्मिलियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय माहोल र आन्दोलनको प्रभावक्षेत्रका जनताका मनोविज्ञानलाई गम्न सकेन । नत त्यसअनुरुप परिवर्तित रणनीति निर्धारण र तिनको कार्यान्वयनमा ध्यान पुर्यायो । जसले गर्दा पनि आज आन्दोलन निष्फल र निरस्त भएको छ ।
लहरहरु फैलिदैँनन् भन्ने सामान्य सुत्रलाई नबुझ्दा आन्दोलनको यो हवीगत भएको हो । आन्दोलनका अनगिन्ती मोडहरुमा समयअनुसारका रणनीतिक परिवर्तन आवश्यक हुन्छन् तर मोर्चाले बलप्रयोग वा शक्तिप्रदर्शनलाई नै आन्दोलनको निर्णायक अस्त्रको रुपमा अगाडि ल्यायो । यसकै बलबूतामा राज्यसँगको कठिन तथा कष्टसाध्य युद्ध जित्न सकिन्छ भने रुमानी कल्पनामा रुम्मिलियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय माहोल र आन्दोलनको प्रभावक्षेत्रका जनताका मनोविज्ञानलाई गम्न सकेन । नत त्यसअनुरुप परिवर्तित रणनीति निर्धारण र तिनको कार्यान्वयनमा ध्यान पुर्यायो । जसले गर्दा पनि आज आन्दोलन निष्फल र निरस्त भएको छ लाखौं मधेशी जनताका अधिकारप्राप्तिका सपनालाई बन्धकी राख्दै ।
आन्दोलन कमजोर हुँदा मधेशका सोझा जनता वा मधेशका मुद्दा मात्र कमजोर भएनन् । अपितु निर्बल र लज्जास्पद अवस्थामा मधेशी मोर्चा पनि पुग्यो । मोर्चाको स्वाभिमान पनि उँचो हुन सकेन । नत मधेशी नेताहरुको उचाइँ नै बढ्यो । जनताका सोझा कुनै बेला मसीहाका रुपमा चित्र देख्न लालायीत हुने यी नेताहरुलाई आज ऐनामा आफ्नै अनुहार हेर्दा पनि कुरुप र विद्रुप देखिने अवस्था सिर्जना भयो । यस्तो शर्मनाक स्थिति पनि रातारात आएको होइन । आन्दोलनकै दम्भ र बलमा रमाएका उनीहरुमा सुस्तरी बढ्दैगएको अनुदारता र सङ्कीर्णता पनि यसको कारण हो ।
आन्दोलनको स्रोत, साधन र साध्य पनि आफैँ मात्र हुँ भन्ने मोर्चाको बुझाइले निषेध र तिरस्कारको एउटा राजनीति सुरु भयो आन्दोलनकै दौरान । आन्दोलन गर्ने अधिकार र यसलाई नियन्त्रित तथा निर्देशित गर्ने प्राधिकार र उपलब्धिको जस लिने हैसियत आफ्नो मात्र हो भन्ने कुरालाई आत्मसात गरेर अघि बढेका नेताहरुले आन्दोलनका अन्य पक्षहरुलाई विश्वासमा लिन सकेनन् नत आन्दोलनमा उनीहरुको संलग्नतालाई नै आधिकारिक बनाए । आन्दोलन गर्ने आफूभन्दा भिन्न शैलीलाई स्वीकार्न सकेनन् । मधेशकेन्द्रित अन्य दललाई आन्दोलनको अवधिमा नछुने त बनाए नै मधेशकै मुद्दालाई स्थापित गर्ने प्रयासमा जुटेका काँग्रेसका नेताहरुलाई तेजोबध गर्ने दुष्प्रयास गरे । यसले गर्दा मधेशका मुद्दालाई लिएर सडक सङ्घर्षमा आउन थालेको काँग्रेस पनि मोर्चाको अपपिरपक्व कुटनीतिको शिकार बन्यो । र, काँग्रेस यसै कुरालाई लिएर सडकमा आउन सकेन ।
यहाँ काँग्रेस सन्दर्भलाई ल्याउँदा काँग्रेसनेतृत्वकै सरकारमा अन्तरिम संविधानभन्दा पनि कमजोर, परवर्ती र बाह्सताइस संविधान आउनुलाई उचित मान्न सकिँदैन । काँग्रेसकै सरकार हुँदा आफ्ना अधिकारका लागि सडकमा उत्रिएका निर्दोष नागरिकहरु मारिनुलाई जायज भन्न मिल्दैन । काँग्रेसका यी गल्तीहरु कुनै पनि हालतमा समर्थनयोग्य हुन सक्दैनन् । काँग्रेसले यस्ता गल्तीको सजाय पाउनु पर्छ तर अवैधानिक हुने संकटसँग जुध्दैगरेको यस पार्टीलाई अधिवेशन गर्न नदिने कुरालाई नबुझ्ने स्थितिमा मोर्चा पुग्नु पनि उतिकै बालापन थियो ।
आन्दोलनका पछिल्ला कार्यक्रमहरुको घोषणा मोर्चाले गरेको थियो । त्यसलाई आन्दोलनका अन्य घटकहरुले पछ्याएका थिए । तर आन्दोलन त मधेशी जनताको थियो । उत्पीडनलाई अनुभव गर्ने समस्त नेपालीहरुको आन्दोलन थियो । एउटा राष्ट्रिय चरित्र बोकेको जनआन्दोलन थियो । आन्दोलनमा भएका जनताका राजनीतिक आस्था काँग्रेस र अन्य दलसँग पनि जोडिएका थिए । उनीहरु अन्य दलका औपचारिकरुपमा सदस्य नै थिए । तर मन त मधेशी थियो । जसलाई मोर्चाले बुझ्न सकेन । दलीय संकीर्णताको घेरामा परेर मोर्चाका घटकहरुले मधेशी मनलाई छाम्न सकेनन् । र, काँग्रेस मधेश आन्दोलनमा जोडिन सकेन ।

काँग्रेसी नेता तथा कार्यकर्ताहरुको यस आन्दोलनसँग औपचारिक जुडाव भएको भए सायद यसप्रतिको अन्तर्राष्ट्रिय मत थप सकारात्मक बन्ने थियो । तर अधिवेशन भाँडने नाउँमा आन्दोलनलाई एकरङ्गी बनाउने जुन प्रयास भए यसबाट अन्तर्राष्ट्रि समर्थनको प्रचुर सम्भावनालाई पनि घटायो र काँग्रेसजस्ता ठूला दलका नेताहरुलाई नै आन्दोलनको पक्षमा उभिनसक्ने वातावरण बन्नबाट वञ्चित तुल्यायो । काँग्रेससँग मोर्चाले गरेको व्यवहारबाट तर्सेका अन्य दलका स्थानीय नेताहरु पनि आन्दोलनमा सहभागिता जनाउनबाट पछाडि भए । राजनीतिमा सबैको जनाधार हुने र प्रायः उनीहरु आफ्नो आधारलाई छोडेर परिचालित नहुने कुरालाई बुझ्नुपर्ने प्रश्नमा मोर्चाबाट भएको यो भयंकर भूल हो । अन्य दलका नेताहरुलाई आफ्ना जनाधारलाई आन्दोलनका लागि सकारात्मक बनाउन कसरत गर्नुपर्ने औसर दिनुपथ्र्यो । त्यो दिइएन । यो गम्भीर रणनीतिक त्रुटी थियो ।
दोस्रो रणनीतिक गल्ती भनेको बिनातयारी अकस्मात बन्द र हड्ताललाई निरन्तरता दिनु थियो । लामो बन्दीले आमजनताको दैनिक जीवन कष्टकर हुँदा पनि उनीहरुलाई न्यूनतम आवश्यक्ता पूर्तिको विकल्प दिएर जनताका समर्थन र सक्रिय सहभागितालाई अटूट बनाउन सकिन्थ्यो तर मोर्चा जनताका दैनिक जीवनयापनको सबालमा उदासिन र निरपेक्ष देखियो । बरु कयौंका लागि नाकाबन्दी र आमहड्ताल मनग्यै सम्पति जोड्ने माध्यम पनि बन्यो । मोर्चाले यस्तो कार्यलाई नियन्त्रित गर्न सकेन । यस्तै दुष्कार्यले आन्दोलन नै बदनामीको शिकार बन्यो ।
यी सबै प्रकरणमा सरकारका रणनीतिहरु भने कारगर साबित भए । उसको सोच थियो– मोर्चालाई थकाउने, गलाउने र आन्दोलनलाई तुहाउने । त्यसैले उसले आन्दोलन लम्बिरहँदा पनि खासै चासो दिएन । सरकारले रणनीतिक विश्लेषणअनुसार नै मधेशी जनता आन्दोलनबाट वाक्कदिक्क हुँदै नचाहँदा चाहँदै पनि आन्दोलनको विपक्षमा आउन थाले । यो स्वाभाविक पनि थियो किनकी सामान्यतया व्यक्तिका लागि पहिलो प्राथमिकता रोजीरोटी नै हुन्छ अनि मात्र अन्य अधिकार ।

आन्दोलन स्थगन भएपछि यो तुहियो भन्ने भ्रम राज्यपक्षलाई हुनुक्छ । यस्तो बुझाइ मधेशका आन्दोलनकारी र सर्वसाधारणको पनि हुनसक्छ । तर यथार्थ के हो भने मधेश आन्दोलनका मुद्दा सत्याग्रहबाट प्रेरित छन् । र , यस्तो सही, उचित र अत्यावश्यक कुरा आधारभूत हुन्छन् । र आधार कहिल्यै खिइँदैन ।
आन्दोलन स्थगन भएपछि यो तुहियो भन्ने भ्रम राज्यपक्षलाई हुनुक्छ । यस्तो बुझाइ मधेशका आन्दोलनकारी र सर्वसाधारणको पनि हुनसक्छ । तर यथार्थ के हो भने मधेश आन्दोलनका मुद्दा सत्याग्रहबाट प्रेरित छन् । र , यस्तो सही, उचित र अत्यावश्यक कुरा आधारभूत हुन्छन् । र आधार कहिल्यै खिइँदैन । यस अर्थमा मधेश आन्दोलनका मुद्दा जीवित छन् र सम्बोधन नहुञ्जेल रहिरहन्छन् । राज्यको जालझेल र मोर्चाको रणनीतिक अर्कमण्यताले यो तोपिएको मात्रै हो । तर भुसभित्र थान्कोमुन्को लगाइएका मुद्दा भने सधैँ जलिरहन्छन् कुनै बेला पनि विष्फोट हुनसक्छ । विष्फोटको अबको स्थिति ज्यादै भयावह, फराकिलो र अनियन्त्रित हुनेछ । त्यसैले सत्तारुढ दल र मुख्यप्रतिपक्षीले मधेशका मुद्दालाई गम्भीरतापूर्वक लिएर न्यायपूर्ण समाधान दिने काम नै उत्तम विकल्प हुनसक्छ ।

(जनकपुरबासी लेखक सामाजिक सञ्जालका विचारक सदस्य हुन्)

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *