चर्काचर्कीपछि मधेशी मोर्चाको बैठक स्थगित

सञ्चारक
काठमाडौं, माघ २५ ।
सीमानाकाको धर्नालाई खुकुलो पार्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अभिव्यक्ति कारक भएको आरोप र धर्नाबारे मोर्चाले समयानुकूल निर्णय गर्न नसक्दा स्थानीयहरुलाई त्रसित बनाएको बरु काठमाडौं सहज बनेको महतोको प्रत्युत्तरबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज पनि जारी बैठक स्थगन भएको छ ।

upendra yadav
बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई मधेश आन्दोलन मत्थर भएको अवजस

बैठकमा उपेन्द्र यादवले महतोलाई नाका खुल्नुको नैतिक जिम्मेवारी लिनुपर्ने बताए भने महेन्द्रप्रसाद यादवले मधेश आन्दोलन कमजोर भएको अपजस लिएर सार्वजनिकरुपमा आत्मालोचना गर्नुपर्ने जिकीर गरेका छन्
लिनुपर्ने दाबी सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको मोर्चाको बैठकमा सदभावना अध्यक्ष महतोमाथि खनिएका उपेन्द्र र महेन्द्रले महतोको गैरजिम्मेवार अभिव्यक्तिका कारण वीरगञ्ज नाका खुल्न पुगेको जिकीर गरेका थिए ।
“मोर्चाको अधिकारिक निर्णयबेगर महतोले वीरगञ्ज नाका खुल्नुपर्ने अभिव्यक्ति दिएपछि सीमानाकामा बसेका धर्नाकारीहरु निरुत्साहित भएका हुन”्,–उपेन्द्र यादवलाई उद्यृत गर्दै स्रोतले भन्यो । लगत्तै तमसपा अध्यक्ष महेन्द्र यादवले राजेन्द्र महतोलाई उनका गल्तीका लागि सार्वजनिकरुपमै आत्मालोचना गर्नुपर्ने सुझाए ।

Mahendra yadav
प्रत्युत्तरमा सदभावना अध्यक्ष महतोले आफूले सीमानाकाको धर्नालाई दुवैतिर व्यापारी र स्थानीयहरुले करबलले खुलाउने तयारी गरिरहेको सूचना पाएको र मोर्चाको आधिकारिक निर्णय पनि नआउँदै त्यसो हुँदा आन्दोलन थप संकटमा पर्ने भन्दै सो अभिव्यक्ति दिएको प्रष्टीकरण दिएका छन् । स्रोतले भन्यो,“महतोको अभिव्यक्तिका बारेमै केन्द्रित बैठकमा चर्को भनाभन भएको छ ।”
महतोले भने सञ्चारमाध्यमहरुले वीरगञ्ज नाका खुल्नुपर्ने आफ्नो धारणा लेखे पनि सबै नाकाहरु बन्द गर्नुपर्ने बारेमा लेख्न कञ्जुस्याइँ गरेको पनि बताए ।

 
rajendra-mahatoमहतोकै कारणले आन्दोलन कमजोर भएको उपेन्द्र र महेन्द्रको दोषारोपणपछि महतोले

राजेन्द्र महतोले भने,–“उपेन्द्रजी महेन्द्रजी, सबै अध्यक्ष जाऊ सीमानाकामा । अझ कडा तवरले नाकाबन्दी गरौं ।”
मोर्चाको निर्णय गरेर सीमानाकालाई कडा बनाउने प्रस्ताव गर्दै सबै अध्यक्षहरुलाई त्यसका लागि सीमामा जान चुनौति दिएका छन् । उनले भने, “उपेन्द्रजी महेन्द्रजी, सबै अध्यक्ष जाऊ सीमानाकामा । अझ कडा तवरले नाकाबन्दी गरौं ।”
तमलोपा अध्यक्ष ठाकुरको कार्यव्यस्तताका कारण अनिर्णित बनेको बैठक मंगलबार पनि जारी रहनेछ ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *