Sunday, February 18, 2018
Home > top news > मोर्चाविरुद्ध मासले आन्दोलन गर्ने

मोर्चाविरुद्ध मासले आन्दोलन गर्ने

mass_janakpur_saroj_mishara
किरण कर्ण /सञ्चारक
जनकपुर, माघ २४ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका वरिष्ठ नेताहरुले नैतिकताका आधारमा सन्यास लिनुपर्ने जनकपुरमा आन्दोलनरत मधेश अधिकार संघर्ष समितिले माग गरेको छ । समितिका अध्यक्ष सरोज मिश्रले दाउपेच जानेका र स्वार्थअनुरुप परिचालित हुने मधेशी नेताहरुलाई विश्राम दिन आवश्यक भएको जिकीर गर्दै अबको लडाइँ राज्यसँगै ती नेताहरुविरुद्ध पनि केन्द्रित रहने जानकारी दिए ।
जनकपुर क्षेत्रका युवाको खुला सञ्जाल मधेश संघर्ष समिति अर्थात मासलाई मधेश आन्दोलनको सुरुवात गर्ने श्रेय प्राप्त छ । आन्दोलनमा मोर्चाको औपचारिक सहभागिता हुनुअघि नै मासले सभासदहरुलाई खबरदारी गर्न प्रदर्शनलगायतका कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
मासले आन्दोलनमा बलिदानी दिएका, अंगभंग भएका र अन्य घाइतेसँगै आन्दोलनलाई उचाइँमा पुर्याउने युवाहरुको योगदानलाई कदर नगरी अधिकारप्राप्तिबिना नै आन्दोलनलाई तुहाउन मोर्चाका नेताहरु लागिपरेको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: