Wednesday, February 21, 2018
Home > top news > महतोबिना नै बस्यो मधेशी मोर्चाको गोप्य बैठक

महतोबिना नै बस्यो मधेशी मोर्चाको गोप्य बैठक

morcha-leaders1
सञ्चारक
काठमाडौं, माघ २४ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको छ । बैठक अनौपचारिक र गोप्य भएको भन्दै सार्वजनिक गरिएको छैन । बैठकमा सदभावना अध्यक्ष राजेन्द्र महतो अनुपस्थित रहेको बताइएको छ ।
सदभावना अध्यक्षको देब्रे आँखामा समस्या रहेको र आजै मात्र स्वास्थ्योपचारका लागि तिलगंगा अस्पतालमा पुगेकाले उनी बैठकमा सहभागी हुन नसकेको बताइएको छ । यद्यपी बैठकका एजेण्डाका बारेमा अध्यक्ष महतोसँग मोर्चाका घटक दलका केही अध्यक्षहरुसँग टेलिफोन सम्वाद भएको बताइन्छ ।
बैठकमा मोर्चाका अन्य घटक दलहरु तमलोपाका अध्यक्ष ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव सहभागी भएको बताइएको छ । बैठकमा वीरगञ्ज नाका खुलेपछि मधेश आन्दोलनको अवस्था र भावी रणनीतिका बारेमा छलफल गरिएको छ ।
मोर्चाको अनौपचारिक बैठक सोमबार पनि बस्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: