Sunday, February 18, 2018
Home > top news > आज यसरी चल्यो उपेन्द्र–राजेन्द्रबीचको जुहारी

आज यसरी चल्यो उपेन्द्र–राजेन्द्रबीचको जुहारी

 

सञ्चारक
कठमाडौं, माघ २४ ।

वीरगञ्ज सीमानाका खोलिएपछि सङ्घीय समाजवादी पार्टी नेपाल र सद्भावना पार्टीका राजनीतिक कर्मचारीहरुबीचको जुहारी अत्यन्तै रोचक रह्यो आइतबार । दुबैजनाले संयुक्त मधेशी मोर्चाका घटक दुवै दलका अध्यक्षलाई फेसबुक स्ट्याट्स लेखेर घोचपेच गरे ।
फोरम अध्यक्ष उपेन्द्र यादवका निजि सचिव र प्रेस संयोजकसमेत रहेका सञ्चारकर्मी महेश चौरसियाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो राजावादी भएको आरोप लगाए । जसको प्रत्युत्तरमा सदभावना पार्टीका कार्यालय सचिव राजेश चौधरीले फोरम अध्यक्ष उपेन्द्र यादव चिनियाँ एजेन्ट भएको दाबी गरे ।

mahesh_chaurasiya
यादवका प्रेस संयोजक चौरसियाले महतोलाई पहाडेविरोधी, स्टन्टबाज र विवादास्पद नेताको संज्ञा दिँदै उनले तत्कालका लागि मधेश आन्दोलन तुहाउन सफल भएको गुनासो गरे । उनले लेखेका छन् ‘महतोले मधेशलाई फेरि धोका दिए । किनकि, महतो मधेशका लागि होइन, पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीका लागि सक्रिय थिए, छन् । योभन्दा बढी महतोसँग अपेक्षा गर्नहुन्न ।’ उनको आरोप छ,‘पूर्वराजा ज्ञानेन्द्र, केपी ओली र कमल थापासँग मिलेर राजतन्त्र फर्काउने खेलमा लागेर मधेश आन्दोलन तुहाउने गद्दार राजेन्द्र महतोलाई आज दिउँसो बस्ने मोर्चाको बैठकले कारबाही गरेर तत्काल टीमबाट अलग गरोस् । आजीवन मन्त्री हुँदा अकुत सम्पत्ति कुम्ल्याएका महतोजस्ता मधेशविरोधी गद्दार नेताहरु अख्तियारको कारवाहीमा परेर जेल जानबाट जोगिनका लागि शक्ति केन्द्रहरुको गोटी बनेको यथार्थ जनताले बुझिसकेका छन् ।’
‘पूर्वराजावादी बद्रीप्रसाद मण्डल अहिले सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । नियत र उद्देश्य बुझ्न यो तथ्य काफी छ । गद्दारको संगतले युद्ध जितिदैँन, यो यथार्थ उपेन्द्र यादव र महन्थ ठाकुरले पनि राम्ररी बुझेको हुनुपर्छ । मधेशीलगायत उत्पीडित जनतालाई अधिकार दिलाउन यादव र ठाकुर पर्याप्त छन्, उहाँहरुले आन्दोलनको विगुल फूके हुन्छ । तर, मोर्चा र मधेशलाई अब महतोजस्ता प्रतिघाती नेताको साथ चाहिँदैन’ चौरसियाले लेखेका छन् ।
सदभावना पार्टीका कार्यालय सचिव चौधरील भने मधेशी नेता कम र स्वघोषित राष्ट्रिय नेता भन्न रूचाउने सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पार्टी मधेशी जनअधिकार फोरम र सङ्घीय समाजवादी पार्टी मिलेर बनेको पार्टी बनेको र मधेश शब्द हटाएर बनेको पार्टी सम्पूर्ण आन्दोलनमा आधा पार्टीका रुपमा मात्र सहभागी भएको आरोप लगाएका छन् ।

आफ्नो जिम्मामा पाएको बिराटनगर नाकामा बसे पार्टीमा विभाजन आउने डरले कहिल्यैले नाकामा यादव नसबेको र आफ्नो निर्वाचन क्षेत्र रहेका मोरङ र सुनसरीमा कहिल्यै आन्दोलनको नेतृत्व नगरेको आलोचना गर्दै चौधरीले यादवलाई चिनियाँ एजेन्टको संज्ञा दिएका छन् । rajesh_chaudharyउनले लेखेका छन,‘एमालेबाट माओवादी हुँदै नवमधेशवादी चाइनिज एजेन्ट नेता उपेन्द्र यादव भारतको झण्डा र मोदीको पुत्ला जलाउँदा चुप लाग्ने मोर्चाबाट विज्ञप्ति निकाल्न नदिने तर चाइनाको झण्डा जल्दा मोर्चामा वितण्डा मच्चाउने गरेका छन् । मधेशमा आन्दोलन र नाकाबन्दी घोषणा गरेर काठमाडौं र पहाडमा संगठन बिस्तारमा व्यस्त रहेका छन् । मधेश र मधेशीलाई यूज एन थ्रो गर्ने, मधेश शब्दबाट नै घृणा गर्ने उपेन्द्र यादवबाट मधेश, मधेशी र मधेशी मोर्चा सावधान रहन जरूरी छ ।’
फेसबुकमा भएको शीतयुद्धबारे सद्भावना अध्यक्ष राजेन्द्र महतोले आफू बेखबर भएको बताउँदै त्यस कुराले कुनै अर्थ नराख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: