Tuesday, May 22, 2018
Home > top news > लाठीमुङ्ग्रीपछि मधेशी मोर्चा डगर समाउँदै

लाठीमुङ्ग्रीपछि मधेशी मोर्चा डगर समाउँदै

Madeshi_morchha_in_rural_area
किरण कर्ण/ सञ्चारक
जनकपुर, माघ २४
आन्दोलनकारीहरुबीच देखिएको अन्योलले करिब ६ महिनाभन्दा लामो समयदेखि जारी मधेश आन्दोलन नै धरापमा परेको छ । आन्दोलनलाई मधेशी मोर्चाले हाँक्न नसकेको भन्दै एउटा आन्दोलनकारी शक्तिले गम्भीर आरोप लगाएपछि आन्दोलनकारीहरुबीच मनोमालिन्य बढ्दै गएको प्रष्ट भएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी संघले मोर्चाका नेताहरुलाई वार्ताधारीको संज्ञा दिँदै मधेशी मोर्चाको गोलमटोल अभिव्यक्तिका कारणले सम्पूर्ण आन्दोलन प्रभावित हुन पुगेको बताएको छ ।
संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले मोर्चा आन्दोलनबाट पछि हट्न खोजेकोले आफुहरु सशक्त ढंगले अघि बढ्नका लागि विभिन्न कार्यक्रमहरु गर्न लागेको जानकारी दिए । उनले आन्दोलनको स्वरुप रचनात्मक हुने पनि बताए ।
लामो समय देखि जारी रहेको मधेश आन्दोलनका केही उपलब्धि र मधेशको माग सम्बन्धमा विद्यार्थीहरुबीच अभिमुखिकरण, सहिद परिवारसँगको भेटघाट, सरसफाइ भित्तेलेखन, जनजागरणजस्ता कार्यक्रमलाई विभिन्न विद्यालय, कलेज र ग्रामीण भेग तथा टोलटोलमा गर्ने अध्यक्ष झाले जनाए ।
धनुषामा ग्रामकेन्द्रित मोर्चा
मधेश आन्दोलनको अन्योल बढेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषा गाउँ तथा क्षेत्र केन्द्रित भएको छ ।
केन्द्रीयस्तरको कार्यक्रम नहँुदा अलमलमा परिने भन्दै

मधेशी मोर्चा धनुषाका संयोजक संजय सिंहले गाउँ तथा क्षेत्र केन्द्रित भएर कार्यकर्ता तथा जनताबीच गएर आन्दोलनलाई फेरि पनि सशक्त ढंगले अघि बढाउन खोजेको बताए ।
हाल धनुषाका सातैओटा क्षेत्र र अधिकांश गाउँमा आन्दोलनलाई कसरी अघि बढाउने सम्बन्धमा जनसम्वाद थालेको संयोजक सिंहले जानकारी दिए ।
उनले मधेशी मोर्चाको केन्द्रीय आन्दोलनका कार्यक्रम पुनः आएमा आफूहरु सहरकेन्द्रित हुने पनि प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: