Friday, May 25, 2018
Home > top news > सदभावना अध्यक्ष महतोको आँखा चिरिने !

सदभावना अध्यक्ष महतोको आँखा चिरिने !

sadhvawana_adhyakchha
सञ्चारक
काठमाडौं, माघ २४ गते ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको देब्रे आँखाको शल्यक्रिया गर्नुपर्ने भएको छ । राजधानीको तिलगंगा अस्पतालमा भएको परीक्षणपछि चिकित्सकहरुले उनलाई आँखाको शल्यक्रिया गर्न सुझाएका हुन् ।
केही समयअघि विराटनगरको सीमानाकामा धर्नामा बसेको बेला नेपाली प्रहरी सुरक्षाकर्मीको निर्घात कुटाइबाट घाइते भएका महतोको आँखामा समस्या रहँदैआएको थियो । उनको देब्रे आँखाको परीक्षण नयाँ दिल्लीको मेदान्त अस्पतालमा समेत भएको थियो ।
तिलगंगा अस्पतालका निर्देशक एवं वरिष्ठ चिकित्सक डा.सन्दूक रुइतले उनको मुटुमा रहेको समस्याले गर्दा आँखासम्बन्धी जटिलता उत्पन्न भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: